> For the complete documentation index, see [llms.txt](https://javascriptdom.webguru.com.np/llms.txt). Markdown versions of documentation pages are available by appending `.md` to page URLs; this page is available as [Markdown](https://javascriptdom.webguru.com.np/master.md).

# परिचय

डकुमेन्ट अब्जेक्ट मोडल (Document Object Model) भन्नाले कुनै पेजमा भएका मोडिफाई गर्न मिल्ने अब्जेक्ट भन्ने बुझिन्छ ।  डकुमेन्ट भन्ने अब्जेक्ट चाँही कुनै पनि पेजको मुख्य अब्जेक्ट हुन्छ । यसलाई प्रवेश विन्दु (entry point) पनि भन्न सक्छौ । उदारणको लागी&#x20;

```
document.body.style.backgroud = "red";
```

यहाँ हामीले document.body.style भन्ने प्रपटिज प्रयोग गरेका छैन जसले कुनै पेजको ब्याकग्राउण्ड रातो रङ्गमा परिवर्तन गर्दछ । यस्ता धेरै प्रकारको प्रपर्टिजहरु छन , जसलाई हामी हाम्रो आवश्यकता अनुसार प्रयोग गर्न सक्दछौ। [थप जानकारिको लागी यहाँ क्लिक गर्नुहोस ](https://dom.spec.whatwg.org/)

### डोमट्रि (DOM Tree)

डोम() को परिभाषा अनुसार प्रत्येक HTML ट्यागहरु अब्जेक्ट हुन । कुनै ट्याग भित्र पर्ने ट्यागहरु चाँही चिल्ड्रेन ट्याग हुन । यहाँ सम्मकी कुने ट्याग भित्र रहेका टेक्स्ट हरु पनि एउटा छुट्टै अब्जेक्ट हुन्छ ।&#x20;

```
<!DOCTYPE HTML>
<html>
<head>
<title>About JavaScriptDOM</title>
</head>
<body>
The truth about JavaScriptDOM.
</body>
</html
```

अब माथीकीको HTML डकुमेन्टलाई सेभ गरेर कन्सोलमा यसको बारेमा बुझौ । उदारणको लागी यदी कन्सोलमा गएर document.title लेख्ने हो भने यसले About JavaScriptDOM भन्ने टेक्स्ट देखाउछ ।&#x20;

```
document.all
>> HTMLAllCollection(4) [html, head, title, body]

document.title
>> "About JavaScriptDOM"

document.body
>> <body>The truth about JavaScriptDOM.</body>
```

#### थप केही डोम अब्जेक्टहरु&#x20;

| डकुमेन्ट प्रपर्टिज       | यसले गर्ने काम                                                   |
| ------------------------ | ---------------------------------------------------------------- |
| document.anchors         | यसले डकुमेन्टमा भित्रका सबै एङ्कर ट्याग \<a> देखाउने काम गर्दछ । |
| document.baseURI         | यसले डकुमेन्टको एब्सोलुट बेस युआरएल देखाउन काम गर्दछ ।           |
| document.cookie          | यसले डकुेमन्टको कुकीलाई देखाउने काम गर्दछ ।                      |
| document.documentElement | यसले डकुमेन्ट भित्रको सबै HTML ईलेमेन्ट देखाउने काम गर्दछ ।      |
| document.forms           | यसले डकुमेन्ट भित्रको सबै फर्म ईलेमेन्टहरु देखाउने काम गर्दछ ।   |
| document.images          | यसले डकुमेन्ट भित्रका सबे ईमेजहरु देखाउछ ।                       |
