डोम सिएसएस (DOM CSS)

जाभास्क्रीप्ट डोमको साहायताले HTML ईलेमेन्टहरुको स्टाईल परिवर्तन गर्न सकिन्छ ।

HTML ईलेमेन्ट्सहरुको स्टाईल चेन्ज गर्नको लागी यस्तो स्यान्टेक्स्टको कोड लेखिन्छ ।

document.getElementById(id).style.property = new style

यहाँ स्टाईल प्रपर्टि बिभिन्न खालको हुन सक्छ । त्यही स्टाईलको आधामा स्टाईल चेन्ज हुन्छ । जस्तो कि

document.getElementById('error').style.color = red;

माथीको उदारणमा error भन्ने आईडि भएको ईलेमेन्टको टेक्स्ट कलर रातो हुन्छ ।

जाभास्क्रीप्ट डोम बाट कुनै ईलेमेन्टको स्टाईल चेन्ज गर्नु पर्दा स्टाईल पछीको प्रपर्टीलाई जाभास्क्रीप्टमा लेख्दा CSS मा लेखीने हाईफन पछीको लेटरलाई हाईफन हटाएर क्यापिटल लेटरमा लेख्नु पर्छ । जस्तो CSS मा font-weight लेखीन्छ भने डोम मा fontWeight लेखीन्छ । त्यसको भ्यालु चाही CSS मा जसरी लेखीन्थ्यो = साईन दिएर त्यसैल गरी लेखिने हो । अन्य उदारणहरु ः- background-attachment लाई backgroundAttachment, border-bottom-color लाई borderBottomColor लेखिन्छ ।

Last updated