ईभेन्ट्स (Events)

जाभास्क्रीप्टको साहायताले HTML ईभेन्टहरु रियाक्ट गर्न सकिन्छ । जस्तो कुन कुनै ईलेमेन्टमा माउस होभर भए टेक्स्टको कलर परिवर्तन हुने ।

HTML ईलेमेन्टमा कुनै ईभेन्ट हुदाँ जाभास्क्रिफ्ट फङ्गसन ट्रिगर गर्न सकिन्छ । उदारणको लागी कुनै <p> ट्यागमा क्लिक गरियो भने जाभास्क्रीप्ट कल हुने ।

ईभेन्ट

लागु हुने अवश्था

onclick

कुनै ईलेमेन्टमा क्लिक गरे पछी लागु हुन्छ ।

ondblclick

कुनै ईलेमेन्टमा डबल क्लिक गरे पछी लागु हुन्छ ।

onfocus

कुनै ईलेमेन्टमा फोकस भए पछी लागु हुन्छ ।

onblur

कुनै ईलेमेन्टमा फोकस हुन छोडे पछी लागु हुन्छ ।

onsubmit

फर्म सबमिट गरे पछी लागु हुन्छ ।

onmouseover

कुनै ईलेमेन्ट माथी माउस पुगेको बखतमा लागु हुन्छ ।

onmouseout

कुनै ईलेमेन्टमा माउस होभर भएर हटेको अवस्थामा लागु हुन्छ ।

onmousedown

कुनै ईलेमेन्टमा माउस प्रेस गरेको अवश्थामा लागु हुन्छ ।

onmouseup

कुनै ईलेमेन्टमा माउस प्रेस गरेर हटेको अवश्थामा लागु हुन्छ ।

onload

डकुमेन्ट , अबजेक्ट वा फ्रेमसेट पुरण रुपले लोड भए पछी लागु हुन्छ ।

onunload

बडी वा फ्रेमसेट पुरण रुपले लोड भए पछी लागु हुन्छ ।

onscroll

जब डकुमेन्ट स्क्रोल भएको अवश्तामा लागु हुन्छ ।

onresized

डकुेमन्टलाई रिसाईज गरेको अवश्थामा लागु हुन्छ ।

onkeydown

कुनै पनि कि प्रेस गरेको अवश्थामा लागु हुन्छ ।

onkeypress

कुनै कि प्रेस गरेको अवश्थामा लागु हुन्छ ।

onkeyup

कुने कि प्रेस गरेको छोडेको अवश्तामा लागु हुन्छ ।

Last updated