नोड्स (Nods)

जाभास्क्रीप्ट डोम को साहायताले HTML ईलेमेन्ट्सहरुको स्टाईल चेन्ज गर्न सकिन्छ ।

W3C HTML DOMarrow-up-right गहिरिएर अध्ययन गर्ने हो भने निष्कर्ष के निस्कन्छ भने सम्पुर्ण डकुमेन्ट (entire document) डकुमेन्ट नोड हो । हरेक HTML ईलेमेन्ट , ईलेमेन्ट नोड हो । HTML ईलेमेन्ट भित्रको प्रत्येक टेक्स्ट टेक्स्ट नोड हो । HTML डकुमेन्ट भित्रको कमेन्टहरू कमेन्ट नोड हुन ।‌

हरेक नोडमा हाईरारकी अनुसार सम्बन्ध हुन्छ जस्तो कि नोड ट्रि को सबभन्दा माथिको नोड लाई रुट नोट भनिन्छ । हरेक नोडको रूट बाहेक एउटा प्यारेन्ट हुन्छ । नोडको एक भन्दा बढी चाईल्ड हुन सक्छ , सिबलिङ्गहरु को एउटै प्यारेन्ट हुन्छ ।

माथिको डायग्राममा डकुमेन्ट नोड भनेको डोम ट्रि को रुट नोट हो । जसको <html> भन्ने चाईल्ड छ । <html> नोडको दुईवटा चाईल्ड नोड छ । ति हुन <head> र <body> । यसलाई <head><body> को प्यारेन्ट नोड <html> नोड हो पनि भन्न सकिन्छ । <head><body> सिब्लिङ्ग हुन किन भने यिनहरुको प्यारेन्ट <html> एउटै छ । त्यस्तै Android भन्ने टेक्स्ट <li> को चाईल्ड नोड हो ।

प्रपर्टिज

अर्थ

parentNode

कुनै एक सेक्सनको सबै भन्दा माथीको नोड खोज्नु पर्दा

previousSibling

सेलेक्टेड ईलेमेन्टको पछिल्लो सिबलिङ्ग खोज्नु पर्दा

nextSibling

सेलेक्टेड ईलेमेन्टको अर्को सिबलिङ्ग खोज्नु पर्दा

firstChild

सेलेक्टेड ईलेमेन्टको पहिलो चाईल्ड खोज्नु पर्दा

माथीको प्रपर्टिज प्रयोग गरे पछी यसको स्यान्टेक्स्ट (Syntax) यस्तो देखीन्छ ।

arrow-up-right

Last updated