फर्म (Form)

जाभास्क्रीप्टको साहायताले HTML फर्मलाइ कसरी भ्यालिडेट गर्ने भन्ने कुरा हामी यहाँ पढ्छौ ।

<form name="myForm" action="/action_page.php" onsubmit="return validateForm()" method="post">
Name: <input type="text" name="name">
<input type="submit" value="Submit">
</form>

माथीको उदारणमा myForm नाम गरेको एउटा फर्म छ त्यसमा name नाम गरेको एउटा ईनपुट बक्स छ । यदी त्यो name भन्ने फिल्डमा केही पनि टेक्स्ट भरेको छैन तर युजर सबमिट बटनमा क्लिक गरेर अगाडी जान खोज्छ भने फर्म सबमिट गरेको बखतमा एउटा validateForm() नाम गरेको फङ्गसन एक्ज्युकिट हुन्छ अनि त्यसले name नाम गरेको फिल्ड खाली छ छैन चेक गर्छ । छ भने अगाडी बढ्न दिदैन । त्यसको लागि validateForm() भन्ने फङ्गसन यसरि लेख्न सकिन्छ ।

function validateForm() {
  let x = document.forms["myForm"]["name"].value;
  if (x == "") {
    alert("Name must be filled out");
    return false;
  }
}

यहाँ x भन्ने भेरीएबलले myForm नाम गरेको फर्म भित्र रहेको name भन्ने ईनपुट फिल्डमा के कन्टेन्ट छ त्यो खोज्छ यदी त्यो खाली छ भने Name must be filled out भन्ने अलर्ट म्यासेज देखा पर्दछ ।

यद्दपी एउटा फर्ममा धेरैवटा ईनपुट फिल्डहरु हुन सक्दछन त्यस्तोमा प्रत्येक फिल्डको लागी भ्यालिडेसन फङ्गसन बनाएर त्यसलाई चेक गरिदैन । साधरणतय यसमा एउटा फङ्गसन बनाएर त्यसमा भएका ईन्पुट फील्डहरुलाई त्यसको आईडिको आधारमा भ्यालिडेट गरेर ईरर म्यासेज गराउने गरिन्छ ।

जस्तो एउटा फर्ममा एउटा ईमेल फिल्ड अर्को मोबाईल नम्बर फिल्ड हुन सक्छ । यस्तोमा एउटा फर्म भ्यालिडेसन फङ्गसन बनाएरको ईमेलको लागी ईमेल चेक गर्न कोड र मोबाईलको लागी मोबाईल नम्बर चेक गर्ने कोड लेखीन्छ ।

Last updated