नेभिगेसन (Navigation)

W3C HTML DOM स्ट्याण्डर्ड अनुसार HTML डकुमेन्टमा भएका सबै कुराहरु नोड हुन ।

W3C HTML DOM गहिरिएर अध्ययन गर्ने हो भेन निस्कर्ष के निस्कन्छ भने सम्पुर्ण डकुेन्ट (entire document) डकुमेन्ट नोड हो । हरेक HTML ईलेमेन्ट , ईलेमेन्ट नोड हो । HTML ईलेमेन्ट भित्रको प्रत्येक टेक्स्ट टेक्स्ट नोड हो । HTML डकुमेन्ट भित्रको कमेन्टहरु कमेन्ट नोड हुन ।

हरेक नोडमा हाईरारकी अनुसार सम्बन्ध हुन्छ जस्तो कि नोड ट्रिको सबभन्दा माथीको नोडलाई रुट नोट भनिन्छ । हरेक नोडको रुड बाहेक एउटा प्यारेन्ट हुन्छ । नोडको एक भन्दा बढी चिल्ड्रेन हुन्छ , सिबलिङ्गहरु एउटै प्यारेन्ट हुन्छ ।

माथिको डायग्राममा डकुमेन्ट नोड भनेको डोम ट्रिको रुट नोट हो । जसको <html> भन्ने चाईल्ड छ । <html> नोडको दुईवटा चाईल्ड नोड छ । ति हुन <head> र <body> । यसलाई <head> र <body> को प्यारेन्ट नोड <html> नोड हो पनि भन्न सकिन्छ । <head> र <body> सिब्लिङ्ग हुन किन भने यिनहरुको प्यारेन्ट <html> एउटै छ । त्यस्तै Android भन्ने टेक्स्ट <li> को चाईल्ड नोड हो ।

Last updated